दफा १८क
ट्रेडमार्क को प्रयोजनको लागि मालसामान र सेवाको वर्गीकरण
(१) कुनै मालसामान वा कुनै प्रकारको सेवासंग सम्बन्धित ट्रेडमार्क दर्ता गर्ने प्रयोजनको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी त्यस्तो मालसामान वा सेवाको वर्गीकरण गर्न सक्नेछ ।
(२) प्रत्येक वर्गमा परेका मालसामान वा सेवाको ट्रेडमार्क दर्ता गर्न छुट्टा छुट्टै दरखास्त दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम एक वर्गमा परेका मालसामान वा सेवाको लागि दर्ता भएको ट्रेडमार्क कुनै अर्को वर्गमा परेको मालसामान वा सेवाको लागि पनि दर्ता गर्न सकिनेछ ।